युनिभर्सल मेडिकल साइन्स कलेज तनावग्रस्त, अस्पतालमा तोडफोड

बुटवल, २० साउन / युनिभर्सल मेडिकल साइन्स कलेज तनावग्रस्त भएको छ । उपचारका क्रममा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत महावेद शाहको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो ।

जनकपुरका २२ वर्षीय शाहको उपचारका क्रममा मुत्यु भएपछि विद्यार्थीहरुले अस्पताल तोडफोड गरेका छन् । उत्तेजित विद्यार्थीहरुले अस्पतालको आइसियु कक्षमा टोडफोड गरेका भने समाचार संकलन गर्न गएका पत्रकारको क्यामेरा समेत तोडफोड गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्