चितवनको भरतपुरबाट ५ जुवाडे पक्राउ

अरुणपोष्ट सम्वाददाता

चितवन, २० साउन / चितवनको भरतपुर लकुंबाट रगेँहात ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर–लुकं स्थित एक घरभित्र पैसाको बाजी थापी तास खेली रहेको अवस्थामा ५ जनालाई जिल्ला प्रहर िकार्यालय चितवनबाट खटिएको विशेष टाmेीले पक्राउ गरेको हो । साउन १९ गते साझँ पक्राउ गरेका उनीहरुको बारेमा भने चितवन प्रहरी आज एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।


चितवन जिल्लालाई “सुरक्षित र शान्त चितवन “बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको थ्रिएस अप्रेशन अभियान अन्र्तगत नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक प्रभु ढकालले जानकारी दिए ।
उनीहरुबाट जुवा खेल्ने प्रयोग भएको तास र नगद (रु ५१,१३० ) एकाउन्न हजार एक सय तीस रुपैया समेत बरामद गरिएको उनले बताए । जुवा ऐन २०२० अन्तर्गत पक्राउ परेका सबैलाई मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । जुवा खेल्ने गैरकानूनी कार्य भएको र यसबाट समाजमा समेत नकरात्मक असर पर्ने भएकोले कानूनले निषेधित गरेको यस प्रकारका जुवातास नखेल्न र नखेलाउने सर्व साधारणहरुमा यस जिल्ला प्रहरी कार्यालय चितवन अनुरोध पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्