कतारले विश्वकपपछि रंगशाला नेपाललाई उपहार दिने

काठमाडौं /  सन् २०२२  विश्वकप आयोजनाको जिम्मा पाएको कतारले नेपाललाई एक रंगशाला उपहारमा दिन चाहेको हो ।

विश्वकपका लागि १२ वटा रंगशाला निर्माण भइरहेका छन् । त्यसमध्ये एक रंगशाला नेपालले आउने सम्भावना बढेको हो । त्यहाँ बनिरहेका सबै रंगशाला एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिनेखालका छन् । त्यसरी सार्न सकिने रंगशाला प्रतियोगितापछि अविकसित देशलाई दिने कतार सरकारले योजना बनाएको छ ।

पछिल्लोपटक कतारी अधिकारीले नेपाललाई रंगशाला उपहारमा दिने इच्छा देखाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । कतारका सबैजसो रंगशाला निर्माणमा नेपाली कामदारको योगदान रहेकाले कतारले त्यसको सम्मानमा पनि एक रंगशाला नेपाललाई दिन सक्ने सम्भावना उच्च रहेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस्