सिटीलाई कम्युनिटी शिल्ड उपाधि

लन्डन / म्यानचेस्टर सिटीले  चेल्सीलाई २–० ले हराउँदै कम्युनिटी शिल्ड उपाधि जितेको छ ।

सिटीका लागि दुवै गोल सर्जियो अगुएरोले गरेका थिए । पहिलो गोल १३ औं मिनेटमा गरेका अगुएरोले अर्को गोल ५८ औं मिनेटमा थपेका थिए । नयाँ सिजनको सुरु हुनुअघि कम्युनिटी शिल्ड हुने गर्दछ । जसमा प्रिमियर लिग र एफए कप विजेतबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो सिजन सिटीले प्रिमियर लिग र चेल्सीले उपाधि जितेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्