प्रधानमन्त्री केपी ओलीको सुरक्षा गार्डमा डिएसपी राजन पाङवोहाङ लिम्बु नियुक्त

काठमाडौँ, २० साउन / प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्डमा डिएसपी राजन लिम्बु नियुक्त भएका छन्। कार्यरत सुरक्षागार्ड एसपी सानुराम भट्टराईको बढुवापछि सरूवा भएकाले गार्ड परिवर्तन गरिएको हो।

एसपी सानुराम आइतबार बालुवाटरबाट बिदा  भएसगैं आइतबारदेखि नै प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा डिएसपी राजन लिम्बुलाई पठाइएको छ। डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालस्थित् सुरक्षा निर्देशनालयमा कार्यरत रहेका थिए।

सानुराम भट्टराईको बढुवा भएर केन्द्रीय अनुसन्धान व्यूरोमा सरूवा भएपछि डिएसपी लिम्बुलाई पठाइएको हो। प्रधानमन्त्रीको पिएसओमा सरुवा भएका लिम्बु यसअघि सुवास नेम्वाङ सभामुख हुँदा उनको पिएसओका रुपमा काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्