भिडाललाई बार्सिलोनाले भित्र्यायो

काठमाडौं /   बार्सिलोनाले जर्मन क्बल बार्यन म्युनिखका मिडफिल्डर अर्टुरो भिडाललाई औपचारिक रूपमा अनुबन्ध गरेको हो ।

 

यससँगै बार्सिलोना समर विन्डोमा किनेका खेलाडीको संख्या ४ पुगेको छ । यसअघि उसले ३ खेलाडी अनुबन्ध गरिसकेको छ ।

बार्सिलोनाले चिलिका खेलाडी भिडालका लागि २७ मिलियन युरो खर्चिएको हो । ३१ वर्षीय भिडाल मिडफिल्डमा पोजिसन मिलाउन र आक्रमण बुन्न निकै सिपालु मानिन्छन् ।

हालसालै बािर्सलोनाका ब्राजिलियन मिडफिल्डर पाउलिन्हो चिनियाँ क्लबमा फर्किएपछि उक्त स्थान लिने गरी बार्सिलोनाले भिडाललाई अनुबन्ध गरेको हो । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भिडाललाई भित्र्याउन चासो दिएका थिए । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्