जलविरे र घुमाउनेमा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडक अवरुद्ध

चितवन, २१ साउन /  निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता लगातार पहिरो खस्ने र रोकिने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस्