रातभरको भिषण वर्षापछि उपत्यकाका सबै खोलामा बाढीः गोदावरी खोलाले कार बगायो

काठमाडौं साउन २१ / आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशैभरीको जनजीवन प्रभावित बनेको छ।

लगातार वर्षाको कारण उपत्यकाका सबैजसो खोलामा बाढी आएको छ। वागमती, हनुमन्ते, गोदावरी, विष्णुमती, धोवीखोला लगायतका खोलामा ठूलो वाढी आएको छ।

बाढीले ललितपुरको गोदावरीमा एउटा कार बगाएको छ। महालक्ष्मी नगरपालिका ८ स्थित गोदावरी खोलामा आएको बाढीले पार्किङ गरी राखेको ललितपुर लुभुका प्रेमराज लावतीको वा १४ च ४७४९ नम्बरको कार बगाएको हो ।

डोजरको सहायतामा कारलाई बाढीबाट बाहिर निकालिएको छ।

आइतबार साँझदेखि सुरु भएको वर्षा आज दिनभरी नै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्