पत्रकार सम्मेलन गरेर पूर्व कानूनमन्त्री शेर बहादुर तामाङ्गले सम्पति विवरण सार्वजानिक गर्ने

काठमाडौं साउन २१ / पूर्व संघीय मामिला तथा कानूनमन्त्री शेर बहादुर तामाङ्गले आज आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आफू र आफ्नो परिवारको सम्पति विवरण सार्वजानिक गर्ने भएका छन् ।

सरकारी पदबाट राजीनामा वा अवकाश पाएपछि अहिलेसम्म कुनै पनि प्रधानमन्त्री, मन्त्री या सरकारी कर्मचारीहरुले पत्रकार सम्मेलन गरेर आफ्नो सम्पति विवरण सार्वजानिक गरेको इतिहास छैन । तर पूर्व संघीय मामिला तथा कानूनमन्त्री शेर बहादुर तामाङ्गले भने सो वारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

अनामनगरको युनियन हाउसमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन हुने पूर्व संघीय मामिला तथा कानूनमन्त्री शेर बहादुर तामाङ्गले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्