फोडेन प्रिमियर लिगका लागि तयारः प्रशिक्षक गुआर्डिओला

म्यानचेस्टर / म्यानचेस्टर सिटीका युवा मिडफिल्डर फिल फोडेन प्रिमियर लिगका लागि परिपक्व भएको प्रशिक्षक पेप गुआर्डिओलाले बताएका छन् । १८ बर्षीय फोडेनले आइतबार कम्युनिटी सिल्डमा चेल्सीविरूद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सिटीले कम्युनिटी सिल्ड जित्दा फोडेनले महत्वपुर्ण भुमिका खेले । स्टोकपोर्टमा जन्मिएका मिडफिल्डर फोडेनले सिटीको पहिलो गोलका लागि स्ट्राइकर सर्जियो अगुएरोलाई पास मिलाएका थिए । सिटीले कम्युनिटी सिल्डमा चेल्सीलाई २–० ले पराजित गरेको थियो । जसमा स्ट्राइकर अगुएरोले दुबै गोल गरेका थिए ।

‘फिल पछिल्लो सिजनमा तयार थिएनन् । तर, त्यो एक वर्ष बितेको छ र अब उनी परिपक्व भैसकेका छन् ’ प्रशिक्षक गार्डियोलले भने, ‘उनी हामीसँग पछिल्लो सिजनमा प्रशिक्षण लिइरहेका थिए र उनले सबै खलाडीसँग रोम्रो खेले ।’ आइतबारको खेलमा टोलीका मुख्य खेलाडी मिडफिल्डर केविन डे ब्रुएन र डेविड सिल्भा टोलीमा सहभागिता थिएनन् । फोडेनले आत्मविश्वास र रचनात्मक कौशलका कारण मौका पाएका थिए। अगुएरोले सिटीका लागि २०० गोल पुरा गर्न फिलले महत्वपुर्ण सहयोग गरे ।

– एजेन्सी


प्रतिक्रिया दिनुहोस्