सलमानसंगको आन्तरिक दुस्मनीकै कारण ऐश्वर्याले ‘मस्तानी’ गुमाईन

मुम्बई / सहकर्मीसंगको दुस्मनी कहिले काँही कलाकारका लागि निकै महंगो हुने गरेको पाईन्छ । बलिउड नायिका ऐश्वर्या रायले केही दिन अघि मात्रै सलमान खानसँगको दुस्मनी आफ्नो लागि निकै महंगो भएको गुनासो गरेकी थिईन।

‘मैले सह–कलाकार नपाएकै कारण सञ्जयलीला भन्सालीको बाजीराम मस्तानी गुमाउनु प(यो ।’ ऐश्वर्याले भनिन् । हिन्दी चलचित्र ‘फन्ने खाँ’ रिलिजको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले यो रहस्य खोलेकी हुन् ।

भन्साली निर्देशित चलचित्र ‘बाजीराब मस्तानी’ बक्स अफिसमा हिट भएको थियो । उक्त चलचित्रका लागि सुरुमा भन्सालीले मस्तानीको भुमिकामा ऐश्वर्या रायलाई प्रस्ताव राखेका थिए । ऐश्वर्या मस्तानीको भुमिकाले निकै उत्साहित थिईन् । निर्देशक भन्साली ऐश्र्याको जोडीको रुपमा सलमानलाई काम गराउन चाहन्थे । तर, सलमानले ऐश्वर्यासँग काम गर्न मानेनन् । अन्तिममा ऐश्वर्या पनि फिल्मवाट बाहिरिइन् । ऐश्वर्याको ठाउँमा दिपिका पादुकोण अनुबन्ध भईन् ।

हम दिल दे चुके सनम, हमारा दिल आपके पास है लागायतका चलचित्रमा ऐश्वर्या र सलमानको जोडीलाई दर्शकले निकै मन पराएका थिए । तर, सलमान र ऐश्वर्याविच बोलचाल बन्द भएपछि एउटै चलचित्रमा देखिन छाडेका छन् ।


प्रतिक्रिया दिनुहोस्