दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं / भक्तपुरको डोलेश्वरमा प्रहरी र अपहरणकारी वीच भएको मुठभेडमा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

अपहरणकारी राजधानीको काँडाघारीबाट आइतबार राती ११ वर्षका बालक निशान खड्काको अपहरण हत्या गरेका थिए । उनको शव भक्तपुरको एक घरबाट बरामद भएको छ । प्रारम्भिक जाँचमा उनको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।


निशानको खोजी गर्दै गएको प्रहरी टोलीसँग र अपहरणकारीविच भक्तपुरको सूर्यविनायकको जंगलमा अचानक भेट हँुदा पहरणकारी प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी कारवाही गर्दा २ अपहरणकारीको मृत्यु भएको हो । मृत्यु हुनेमा अपहरणकारीद्वय अजय तामाङ र गोपाल तामाङ रहेका छन् ।

घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र अपहरणकार्यमा प्रयोग भएको मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्