टोनी क्रुस जर्मनको वर्ष खेलाडी

काठमाडौं, / जर्मनीका २८ वर्षीय स्टार मिडफिल्डर टोनी क्रुस जर्मनको वर्ष खेलाडी घोषित भएका छन् ।

स्पेनिस रियल मड्रिडका व्यावसायिक फुटबल क्रुस आफ्नो करियरमै पहिलोपटक देशका लागि वर्ष खेलाडी घोषित भएका हुन् । जर्मनीका फुटबल पत्रकार र खेलाडीले गरेको भोटका आधारमा क्रुस वर्ष खेलाडीमा छानिएका हुन् । त्यसक्रमा उनले १ सय ८५ भोट पाएका थिए ।

क्रुस स्पेनिस रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्छन् । वर्ष खेलाडी घोषित भएपछि उनले आफू यो सम्मानबाट खुसी भएको बताएका छन् । यस्तो सम्मानले सबैलाई खुसी नै बनाउँछ,’ उनले भनेका छन्, वर्ष खेलाडी हुनु मेरा लागि ठूलो सम्मान हो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्