रोनाल्डोको डेब्यू खेल फेसबुकमार्फत सित्तैमा

काठमाडौं, /  पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसबाट आउँदो अगस्ट १८ मा  खेल्ने पहिलो खेल फेसबुकमार्फत सित्तैमा देखाइने भएको छ ।

सेरी ए अन्तर्गतको सो खेलमा युभेन्टसले एसी चिएभो भेरिनासँग खेल्दैछ । नेपाली समयअनुसार भदौ २ गते पौने १० बजे रोनाल्डोले युभेन्टसबाट डेब्यू खेल खेल्दैछन् । सो खेल इलेभेन स्पोर्ट्सले सेरी ए र ला लिगासँगको ऐतिहासिक साझेदारीका लागि लाइभ गर्न लागेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

इलेभेन स्पोर्ट्सले प्रत्येक हप्ता कम्तीमा एउटा इटालेली र एउटा स्पेनी खेल सित्तैमा देखाउने भएको छ । इलेभेन स्पोर्ट्सको यूके फेसबूक पेजमा खेल लाइभ गरिनेछ । एजेन्सी,


प्रतिक्रिया दिनुहोस्