भिडाल मेस्सीसंग खेल्न उत्साहित

बार्सिलोना, /  चिलीका मिडफिल्डर   आर्टुरो भिडालले सुपरस्टार लियोनल मेस्सीसंग खेल्ने मौकालाई बृहत रुपमा लिएका छन्।  भिडाल सोमबार बुन्डेसलिगा च्याम्पियन बायर्न छाडेर बार्सिलोना आएका हुन्।


भिडाललाई बार्साले २० मिलियन युरो तिर्नु परेको हो ।  पौलिन्होलाई प्रतिस्थापन गरेपछि बार्सिलोनाको खेलाडीका रुपमा पहिलो पटक बोल्दै भिडालले भने, ” ईमान्दार भएर भन्नु पर्दा म धेरै खुशी छु। म मेरा साथीहरुसँग यति धेरै प्रख्यात जर्सी लगाएर अभ्यास गर्न र टोलीका लागि महत्वपूर्ण योगदान गर्न आतुर छु।” तिन बर्षको अनुबन्धन् अवधिमा म आशा गर्छु कि हामी खेलेका सबै खेल जित्ने छौं। म मेस्सी, स्वारेज र सर्जियो बुस्केट्ससंग खेल्न धेरै इच्छुक छु किनकि उनीहरु सबै महान् खेलाडी हुन्।”

भिडालले यसअघि युभेन्टसमा रहेर इटालियन लिग उपाधि जितेका छन् । बायर्नमा उनले तीनै सिजन लिग जितेका थिए ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्