निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी नेताहरु अदालतमा

हरारे / जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ । केही दिन अगाडी भएको निर्वाचनमा भएका हिंसात्मक घटनामा सम्लग्न भएको आरोपमा उनीहरूलाई अदलतमा उपस्थित गराइएको हो ।

लामो समय शासन गरेका रोवर्ट मुगावेको बहिर्गमनपछि जिम्बाबेमा पहिलो पटक भएको निर्वाचनबाट राष्ट्रपति इमर्सन मनान्गावालाई निर्वाचित भएको घोषणा गरिएको छ ।  छ जनाको मृत्यु हुनेगरी निर्वाचनका बेला भएको हिंसामा सम्लग्न भएको आरोपी मध्ये १९ जना पुरुष रहेका छन् भने ८ जना महिला रहेका छन् । उनीहरूलाई निर्वाचनमा धाँधली गर्ने प्रयास गरेको आरोप पनि लगाइएको छ । उनीहरु विपक्षी दल मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज ९एमडीसी०का नेता कार्यकर्ता रहेको बताइएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्