लामो समय बिरामीको उपचार गर्न नपाएको भन्दै पत्रकार सम्मेलनमै रोए डा.गोविन्द केसी

२२ साउन, काठमाडौं /  लामो अनसनपछि त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा। गोविन्द केसी बिरामीको उपचार गर्न नपाएको भन्दै आफैले आयोजना गरेको पत्रकार सम्मेलनमै रोएका छन् ।
सम्मेलनमा डा। केसी लामो समयसम्म बिरामीको उपचार गर्नबाट बञ्चित भएको भएको भन्दै रोएका हुन् । डा. केसीले आफूसित गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन तोडमोड नगरी शीघ्र जारी गर्न पत्रकार सम्मेलनमा आग्रह समेत गरेका छन् ‘यदी त्यसमा छलछाम भएको खण्डमा कडा विरोधका कार्यक्रमहरु ल्याउन हामी बाध्य हुनेछौ ।

साथै चिकित्सा शिक्षा ऐन सम्बन्धी बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउन, जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधीकारीहरुलाई कारवाही गर्ने सम्झौता लगायतका छ बुँदे सम्झौतालाईसमेत तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
डा। केसीले सरकारले आफूहरुसित गरेको सम्झौता तत्काल पूरा गर्न सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्