प्रेमीलाई अमेरिका छाडेर भारत फर्किदा प्रियंकाले विमानस्थलमा नै लुकाइन् इंगेजमेन्टको औंठी

पछिल्लो समय चलचित्रभन्दा बढी प्रेम र रोमान्सका कारण चर्चामा रहेकी नायिका प्रियंका चोपडा विबाहका कारण फेरी चर्चामा छिन् । केही समयअघि प्रेमी निक जोन्ससँग इंगेजमेन्ट गरेर चचाृको शिखरमा रहेकी उनी एक हलिउड फिल्म साइन गर्ने क्रममा अमेरिका गएर भारत फर्किको भारतीय मिडियाले उल्लेख गरेको छ ।

स्रोतका अनसार दिल्ली एयरपोर्टको भिआइपि कक्षबाट बाहिर निस्कँदै गरेकी प्रियंकाले बाहिर कैयौं फोटोग्राफरलाई देखेपछि अचानक आफ्नो इन्गेजमेन्टको औंठी खोलिन् । क्यामेरा देख्नासाथ प्रियंकाले आफ्नो हातबाट औंठी निकालिन् र जिन्सको खल्तीमा राख्दै गर्दा फोटोपत्रकारले उनको चर्तिकलालाई क्यामेरामा कैद गर्न भ्याए ।

जुन घटनाले यि सुन्दरी ले यसअघि नै इंगेजमेन्ट गरिसकेको कुरा पुष्टि भएको छ । विमानस्थलमा निकै हताषमा देखिउकी प्रियंका त्यहाँबाट बारिह बाहिर निस्किँदा लाजले पानी पानी बनेकी थिइन् । एजेन्सी ।


प्रतिक्रिया दिनुहोस्