बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु, १७ घाइते

अरुणपोष्ट सम्बाददाता

चितवन,साउन २३/ पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति राति ११ बजे बस र ट्रक एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको भने। १७ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो दुर्घटनामा परी ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामा , बसका यात्रु ताप्लेजुड् फुङलिङ नगरपालिका ३ लामाघर मेदिबुङ्ग निबासी ४२ बर्षिय तारा बराल र काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापाको मृत्यु भएको हो । दुर्घटनमा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । घाइते १७ जनामध्ये १३ जनाको पुरानो मेडिकल कलेज र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएपनि बाँकी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्