हेटौंडाको ओम्याक्स फिल्म हलमा भिषण आगलागी, नियन्त्रणको प्रयास हुँदै

अरुणपोष्ट संबाददाता

साउन २३,मकवानपुर /  हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो ।


बिहानैदेखि आगलागी भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । आगो २ तले भवनको सबैभागमा फैलिएको छ ।

विद्युत सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । आगो नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ । हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकल मार्फत् सुरक्षाकर्मी, स्थानियबासीले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्


प्रतिक्रिया दिनुहोस्