विप्लव नेतृत्वको नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ

काठमाडौँ, २३ साउन / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डको निवासमा प्रहरीले छापा मारेको छ । बुधबार प्रवक्ता प्रकाण्डको काठमाडौंको कपनस्थित निवासमा प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले छापा मारेको बताइएको छ ।

प्रहरीले विश्वकर्मालाई मंगलबार राती काठमाडौँबाट पक्राउ गरेको हो । उनी सँगै चालक मान बहादुर श्रेष्ठ र सहयोगी हिरचन्द्र आचार्य पनि पक्राउ परेका छन् ।

प्रहरी प्रवक्ता शैलेस थापाले विश्वकर्मालाई पक्राउ गरेको पुष्टि गरेका छन । ‘उहाँलाई हामीले चाल्नाखेलबाट पक्राउ गरेका हौँ’, उनले भने । थापाले विश्वकर्मामाथिको अभियोग मुद्धा दायर गर्ने समयमा खुलाउने बताएका छन ।

यसअघि पनि प्रहरीले पार्टीका चारजना पोलिटब्युरो सदस्यलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्