मेस्सीको अर्जेन्टिनी टोलीमा भविष्यबारे मुख खोले प्रशिक्षकले

काठमाडौं, /  रसिया विश्वकप पछि अर्जेन्टिनाका सुपरस्टार मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास लिने अनुमान धेरैको थियो । तर,  सन्यास लिएनन् , अहिले पनि उनको भविष्य अर्जेन्टिनी टोलीमा के होला भन्ने आम अड्कलबाजी छँदैछ ।

अर्जेन्टिना फुटबल टोलीका अन्तरिम प्रशिक्षक लियोन स्कालोनीले मेस्सीको अन्तर्राष्ट्रिय फुटबल भविष्यबारे बोलेका छन् । उनले अब बन्ने टोलीको संरचनाबाट मेस्सीको भविष्य के हुने भन्ने टुंग्गो लाग्ने बताए ।

‘यो अहिले नै भन्न सकिँदैन । तर, हामीले जति बेला टोली घोषणा गर्छौं, त्यसैबेला अन्तर्राष्ट्रिय फुटबलमा उनको मेस्सी को भविष्य के हुन्छ भन्ने थाहा हुन्छ,’हामीले अहिले नै टोलीको नामावली तयार पारेका छैनौं, त्यसको समय आउँछ,’ स्कालोनीले भनेका छन्, ‘म पहिला एकपटक मेस्सीसँग छलफल गर्ने छु ।’ स्कालोनीले भनेका छन् ।

रसिया विश्वकपमा अर्जेन्टिना अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । उक्त प्रतयोगितामा मेस्सीले ४ खेलबाट १ गोल गरेका थिए । पछिल्ला खबरअनुसार मेस्सीले अर्जेन्टिना फुटबल संघसँग एकपटक छलफल गर्न चाहेका छन् । त्यसपछि उनले राष्ट्रिय टोलीमा आफ्नो भविष्यबारे निर्णय लिन सक्ने बताइएको छ ।

रसिया विश्वकपमा नेतृत्व गरेका प्रशिक्षक जार्ज साम्पोलीले राजीनामा दिएपछि हाल अर्जेन्टिनी टोलीको प्रशिक्षकको जिम्मा स्कालोनीले सम्हालिरहेका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्