प्रकाण्डले अवैध रुपमा ७ करोड चन्दा असुलेको आरोप,५ दिन थुनामा राख्न अदालतको अनुमति,

काठमाडौं २३ साउन,/ जिल्ला अदालत काठमाडौंले नेकपा विप्लव का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मंगलबार साँझ करिव साढे ७ बजेतिर हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको थियो । प्रकाण्डसहित अन्य तीन जना पक्राउ परेका हुन् ।

प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका ६ का हरिचन्द्र आचार्य रहेका छन् ।

उनीहरुविरुद्ध चन्दा ऐन २०३० अनुसार मुद्दा दर्ता गरिएको छ र जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्