सडकमै शिशु जन्मियो

इलाम / एक महिलाले सडकमै शिशु जन्माउनुभएको छ ।

                                फाइल तस्विर ।

इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले आज दिउँसो सडकमै शिशुलाई जन्म दिनुभएको हो । सुत्करी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माउनुभयो ।

इलाम नगरपालिकाका–४ का अध्यक्ष नुतनदेव दुलालका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि स्वास्थ्य संस्था टाढा भएकै कारण स्वास्थ्यसम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता छ । सडकको अवस्था राम्रो नभएपछि अस्पताल लैजान पनि मानिसकै भर पर्नुपर्छ । घरबाट पक्की बाटो वा अस्पतालसम्म पुग्न नै धेरै समय खर्चिनुपर्दा समस्या हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्