यू १५ महिला साफ च्याम्पियनसिपमा ताप्लेजुङ,मेरिङ्गदेनको अनुस्का सम्मिलित टोली बिहीबार उत्रर्दै

काठमाडौं , /  यू १५ महिला साफ च्याम्पियनसिपमा ताप्लेजुङ, मेरिङ्गदेनको   अनुस्का शेर्पा सम्मिलित महिला टोली उच्च मनोबलका साथ बिहीबार उत्रर्दैछन् ।  यू १५ महिला साफ च्याम्पियनसिपमा  भुटानमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

.

नेपालले पहिलो संस्करणमा भन्दा सुधार गर्ने विश्वासका साथ प्रशिक्षक गंगा गुरुङले उपाधि जित्ने आशा व्यक्त गरेकी छन् । यसअघि भन्दा राम्रो तयारी भएकै कारण उपाधि जित्ने आशा गरिएको प्रशिक्षक गुरुङको भनाई छ । नेपालको समूहमा बंगलादेश र पाकिस्तान रहेका छन् । पाकिस्तान साविक विजेता टोली हो ।

प्रशिक्षक गुरुङले बुधबार आयोजित प्रि म्याचकन्फ्रेन्समा भनिन्, नियमित अभ्यासले टोलीले उत्कृष्ट सुरुवात गर्ने विश्वास छ,’ ‘ बंगलादेश पाकिस्तान दुवै बलिया छन् । जित हार स्वभाविक हो । तर हामी यसपटक उच्च प्रदर्शन गर्नेमा आशावादी छौं । ’

नेपाली टोलीकी कप्तान प्रिति राईले प्रतियोगिताका लागि एक्सपोजर नभएपछि टोलीले शतप्रतिशत दिने बताइन् । नेपालले शनिबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह बी मा रहेका भारत, श्रीलंका र भुटानका प्रशिक्षकहरुले उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागिता भएको बताएका छन् । बिहीबार सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेल बंगलादेश र पाकिस्तानबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस्