गोलकिपर केपालाई चेल्सीको कीर्तिमानी मुल्य

लन्डन / लन्डन क्लब चेल्सीले गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्यमा स्पेनिस क्लब एथ्लेटिको बिल्वाओका केपा अरिजावालागालाई क्लबमा अुनबन्ध गर्ने पक्का भएको छ ।

पहिलो रोजाईका बेल्जियन गोलकिपरका लागि थिवाउटट कोर्टुवाले क्लब छाड्ने संकेत गरेपछि लन्डन क्लब चेल्सीले स्पेन तथा विल्वाओका २३ वर्षीय युवा गोलरक्षक केपालाई ७२ मिलियन पाउन्ड खर्चन तयार भएको हो । डेली मेलका अनुसार चेल्सीले केपालाई पाँच वर्षका लागि अनुबन्ध गर्ने प्रयास गर्दैछ । कागजी प्रक्रिया र मेडिकल समर ट्रान्सफरको अन्तिम दिन बिहिबार हुने क्लबले जनाएको छ । सम्झौता भएमा केपा विश्वकै सबैभन्दा महंगा गोलकिपरका लागि बन्नेछन् ।

गत जुलाइमा लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । यस्तै केपासँगको सम्झौता सफल भएमा चेल्सीका लागि कीर्तिमानी अनुबन्ध हुनेछ । चेल्सीले यसअघि स्पेनिस स्ट्राइकर अल्भारो मोराटाका लागि ५८ मिलियन पाउण्ड खर्चिएको थियो । केपाले स्पेनिस टोलीबाट उनले एकमात्र क्याप जितेका छन् । एथ्लेटिको बिल्वाओको पहिलो रोजाइको टिममा रहेर दुई सिजन बिताएर उच्च प्रदर्शन गरेका केपाको गत जनवरीमा १७ मिलियन पाउन्ड मात्रै तोकिएको थियो ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्