रोनाल्डोले भिनिसिअस जुनियरको डरले रियल मड्रिड छोडे

काठमाडौं , /  रियल मड्रिडका पूर्वस्टार क्रिस्टियानो रोनाल्डोले गत जुलाईमा क्लब छोड्दै चार वर्षे सम्झौतामा इटालीको युभेन्टस गएको छ।

स्पेनको च्याम्पियन क्लब रियल मड्रिड छोडेर किन युभेन्टस गए त रोनाल्डो  यसबारे विभिन्न टिका टिप्पणीहरु आउनेक्रम जारी नै छ ।
ब्राजिलियन डेलि ओ डिया पत्रिकाले ब्राजिलियन मिडफिल्डर एभर्टन रिबेइरोलाई उदृत गर्दै रोनाल्डोले रियल मड्रिड छोड्नु एउटै कारण उनका सहकर्मी भिनिसिअस जुनियरसँग डराउनु नै भएको बताएको छ ।

एभर्टनले भनेका छन्, ‘भिनिसिअस जुनियर भर्खरै १८ वर्षका भए । मेरो विचारमा उनी रियलमा अबका मुख्य खेलाडी हुने थिए । उनले क्लबका लागि सधैंं उच्च स्तरीय प्रदर्शन गरेका छन् । उनी टप खेलाडी हुने थिए ।’

यसैगरी उनले रोनाल्डोले ‘भिनिसिअसको डरले उनले रियल छोडेको बताउँदै भने, ‘रोनाल्डोलाई थाहा थियो कि आफू अब बेन्चमा बस्नु पर्नेछ ।’बेर्नाब्यूले भिनिसियस १६ वर्षको हुँदा २०१७ मे महिनामा क्लबमा भित्र्याएको थियो ।, उनको प्रभाव भने २०१८ जुलाईमा भयो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्