कोर्टुवा चेल्सीबाट रियालमा

मड्रिड /  प्रिमियर लिग क्लब चेल्सी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्ध हुने पक्का भएको छ । रियालले कोर्टुवालाई ३५ मिलियन पाउन्डमा ६ वर्षका लागि क्लबमा भित्र्याउन सफल भएको हो ।

रियालले आज सान्टियागो बर्नबेउमा कोर्टुवालाई सार्वजनिक गर्नेछ । रियलले सामाजिक संजाल ट्वीटरमा ‘स्वागत कोर्टियस’ भनेर ट्वीट गरेको छ । रुस विश्वकपमा उच्च प्रदर्शन गरेपछि रियलले कोर्टियसमाथि नजर लगाएको थियो । २६ बर्षीय कोर्टियस सन् २०११ मा जेन्कबाट चेल्सी आएका थिए । त्यसपछि कोर्टुवा लोनमा एट्लेटिको मड्रिडमा पुगेपछि २०१५ मा पुनः चेल्सी फर्किएका थिए ।

चेल्सीले कोर्टुवाको स्थानमा स्पेनिस क्लब एट्लेटिको बिल्वाओका गोलकिपर किपा अराईजब्लागालाई कीर्तिमानी मुल्य ९७२ मिलियन० पाउन्डमा अनुबन्ध गरिसकेको छ । कोर्टुवालाई क्लबमा भित्र्याएर रियलले क्रोएसियन मिडफिल्डर माटियो कोभासिचलाई लोनमा चेल्सी पठाएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्