रोनाल्डोले मार्सेलोलाई युभेन्टसमा आउन आग्रह गरे

टुरिन , /  क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लब रियल मड्रिडका फुलब्याक मार्सेलोलाई युभेन्टस्मा आउन आग्रह गरेका छन् ।


इटालियन क्लब युभेन्टस् पुगेका रोनाल्डोले युभेन्टसमा थप सफलताको लागि मार्सेलोलाई क्लबमा आउन आग्रह गरेको इटालियन पत्रिका टुटोस्पोर्टसले उल्लेख गरेको छ । लेफ्टब्याक मार्सेलो र रोनाल्डोबीचको सहकार्य रियलमा निक्कै सफल भएको थियो । तर, मार्सेलोको युभेन्टस यात्रा भने असहज छ । किनभने युभेन्टससँग एलेक्स सान्ड्रोजस्ता खेलाडी छ । सान्ड्रोलाई पिएसजी पठाउन सके मार्सेलोको युभेन्टस् यात्रा सहज हुनेछ ।

रोनाल्डोले पुर्वसहयात्री मार्सेलोलाई मनाउन प्रयास गरिरहेको र युभेन्टसले चाहेको खन्डमा एलेक्स सान्ड्रोलाई बेचेर मार्सेलो भित्र्याउन सक्ने टुटोस्पोर्टस्ले दावी गरेको छ । सान्ड्रोको मुल्य ३६ मिलियन पाउन्ड तोकिएको छ । उनी पिएसजी जान इच्छुक रहेको छन् । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्