‘बेल असाधारण खेलाडी हुन्’

न्यू जर्सी / रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुईले गेराथ बेललाई असाधारण खेलाडी रहेको उल्लेख गर्दै क्रिस्टियानो रानोल्डोको बर्हिगमनले रहेको रिक्ततालाई पुरा गर्ने विश्वास गरेका छन् ।

न्यू जर्सीमा मंगलबार इन्टरनेसनल च्याम्पियन्स कपमा बेलले टोलीका लागि दोस्रो गोल गरेपछि रियलले रोमामाथि २–१ को जित हासिसल गरेको थियो । युरोपियन च्याम्पियन्स रियलबाट १ सय मिलियन पाउन्डमा रोनाल्डो युभेन्ट्स पुगेपछि बेल टोलीका मुख्य खेलाडीका रुपमा रहने विश्वास गरिएको छ ।यद्दपी प्रशिक्षक लोपेटेगुइले बेल र रोनाल्डोको तुलना गर्न चाहेनन् । तर, नयाँ सिजन बेलको उत्कृष्ट हुने अपेक्षा भने राखे ।

‘कसैलाई प्रतिस्थापन गर्ने वा ठाँउ पुरा गर्ने हुन्न । यो त टोलीको एउटा अंश हो,’ उनले भने, ‘बेल निश्चित रुपमा उत्कृष्ट खेलाडी हुन् । तर कसैसँग तुलना गर्नु ठिक हुन्न । यो समूह गत खेल हो । यसमा एकले अर्कोलाई सघाउनु पर्दछ । बेल असाधारण खेलाडी हुन् र उनको यो सिजन उत्कृष्ट रहनेछ ।’

प्रिसिजन भ्रमणमा बेल फर्ममा देखिएका छन् । बेल टोटेनह्यामबाट सन् २०१३ मा तत्कालिन समयमा विश्व कीर्तिमान रकम ८६ मिलियन पाउन्डमा रियल पुगेका थिए । तर, उनी त्यहाँ पटक पटक चोटको शिकार भए । उनी सम्मिलित रियलले ४ वटा च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रे र २ पटक फिफा क्लब विश्व कपको उपाधि जितेको थियो ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्