नेपाली आदिवासी जनजातिहरुले बिहिरबार विश्व आदिवासी दिवस भब्यताकासाथ मनाए

काठमाडौं, / नेपाली आदिवासी जनजातिहरुले बिहिरबार विश्व आदिवासी दिवस मनाएका छन् ।

जनजातिहरुले काठमाडौंको भृकुटीमण्डपबाट सहिदगेट न्युरोडगेट, रत्नपार्क हुँदै राष्ट्रिय सभा गृहसम्म ¥याली निकालेका छन् । राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

हरेक वर्ष अगष्ट ९ मा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । आदिवासीहरुको हकहितका लागि मनाईने यो दिवस पछिल्लो समय नेपालमा पनि व्यापक बन्दै गएको छ ।

अधिकार, प्रतिनिधित्व र स्वायत्ततास्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मूल नाराकासाथ यो दिवस मनाएको छ ।


प्रतिक्रिया दिनुहोस्