आलमको रिहाइ माग गर्दै फोटो पत्रकारद्वारा बंगलादेशको राजदुतबासमा प्रर्दशन

काठमाडौं,२४ साउन /  बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनबारे आफ्नो धारणा सार्वजनिक गरेको अभियोगमा सरकारले वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा काठमाडौंमा फोटो पत्रकारहरुले प्रदर्शन गरेका छन् । आलमलाई निशर्त र यथाशिघ्र रिहाई गनुपर्ने तथा प्रेस तथा अभिब्यक्ती स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने माग गर्दै काडमाडौं, बसुन्धरास्थित बंगलादेश राजदुतबास अगाडि प्लेकार्डसहित फोटो पत्रकारहरुले धर्ना दिदै प्रर्दशन गरेका थिए । धर्ना लगत्तै राजदुतबासलाई ज्ञापन प्रत्र बुझाइएको थियो ।

नेपालस्थित बंगलादेश दूताबास अगाडि विरोध प्रदर्शन गर्दै नेपालका फोटो पत्रकारहरु

नेपाल फोटो पत्रकार महासंघ, फोटो पत्रकार क्लब र फोटो सर्कलले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेको र अन्र्तवाता दिएकै कारण पत्रकारलाई गिरफ्तार गर्नु भनेको प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो । प्रेस स्वतन्त्रताको सम्मान गर्न बंगलादेश सरकारलाई आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी सबै खालका क्रियाकलाप बन्द गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।रुदचरश्रधर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल फोटोपत्रकार महासंघका महासचिब हरी रेग्मीले आलम नेपाली फोटो पत्रकार र नेपालको फोटोपत्रकारिता जगत्का लागि पुराना र सहयोगि हितैषी भएको बताउँदै उनलाई बिनाशर्त रिहाई गर्नुपर्ने माग गरे । फोटो पत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले आलमको प्रकाउ सिङगो फोटोपत्रकारिता जगत्माथिको आक्रमण भएको बताउँदै उनको निर्शत रिहाई गरी प्रेस तथा अभिब्यक्ति स्बतन्त्रताको सम्मान गर्न बंगलादेशी सरकारलाई आग्रह गरे ।

त्यसैगरि फोटो सर्कलकी संसापक नयनतारा गुरुङकक्षतिले आलम सधैँ सत्य, न्याय,समानता र स्वतन्त्रताका लागी उभिने मानिस भएको बताउदै बंगलादेश सरकारले उनलाई अविलम्ब र निर्शत रिहाई गर्नुपर्ने बताइन् । रुदचरश्रमन्तब्यका क्रममा वरिष्ठ फोटो पत्रकार बिकास रौनियारलेएकजना फोटोपत्रकारले पे्रस स्वतन्त्रताको उपयोग गर्दा गिरफतार गर्ने बंगलादेशी सरकारको कार्य निन्दनिय भएको बताउँदै साहिदुललाई अविलम्ब रिहा गरी गल्ती सच्चाउन माग गरे ।

साहिदुल आलमको गिरफ्तारीलाई हाल दक्षिण एशियामा बढ्दै गएको विरोधीलाई सहन नसक्ने प्रवृत्तिको एउटा पाटोको रुपमा नेपाली फोटोपत्रकार तथा संचारकर्मीहरुले मूल्यांकन गरेका छन् । रुदचरश्र बंगलादेशी सरकारलाई आलम बंगलादेश बाहिर पनि एक सशक्त व्यक्तित्व भएको र उनको अवस्थाप्रति नेपाली फोटोपत्रकार तथा सम्पूर्ण संचारकर्मीहरु चिन्तित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । बंगलादेशको सत्तारुढ दलको अवामी लिगको विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनका क्रममा ब्यापक रुपमा त्यहाँका फोटो पत्रकाररुमाथि आक्रमण भएको थियो । आन्दोलनका क्रममा फोटो पत्रकारको सुरक्षाका विषयमा शाहिदुलले अन्तर्र्रािष्ट्रय संचारमा अन्तर्वार्ता दिएको आरोपमा बंगलादेशी सरकारले गत आइतबार उनलाई घरबाटै पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्