गायिका तथा संगीतकार निलम रोजु राईको ‘गोर्खाली छोरी’ सार्वजनिक ( भिडियो सहिते )

काठमाडौं,२४ साउन / गायिका तथा संगीतकार निलम रोजु राईको संगीतमा नयाँ आधुनिक गीत ‘गोर्खाली छोरी’ सार्वजनिक भएको छ । उक्त सार्वजनिक गीतमा पुष्पा योञ्जनको स्वर रहेको छ भने शब्दरचना निलमकै रहेको छ ।


‘गोर्खाली छोरी’ गीतको भिडियोमा चर्चित मोडल माला लिम्बू र राम गुरुङको अभिनय रहेको छ । चर्चित यूवा निर्देशक युगल पोमुले निर्देशन गरेको यस गीतको भिडियोमा नेपाली पन झल्काउने प्रयास गरिएको छ । गीतको भाव र संगीतको पक्षअनुसार भिडियो उत्कृष्ट बनेको छ । यस भिडियोलाई मुकेश हुमागाइँ टीमले छायांकन तथा सम्पादन गरेका हुन् ।
पछिल्लो समय निलम गायनसँगै संगीतमा पनि उत्तिकै व्यस्त हुन थालेकी छन् । उनको संगीतमा हिजोआज दिनदिनै गीत तथा भिडियोहरु सार्वजनिक हुन थालेका छन् । उनी भन्छिन्, ‘म संगीतकार हुँ, त्यसपछि मात्र गायिका । त्यसैले मेरो गायनको भन्दा संगीत गरेकै गीत बढी आउँछ ।’

 भिडियो


प्रतिक्रिया दिनुहोस्