रञ्जिता र सुवाष अभिनित चलचित्र ( बैना ) को कस्ले रच्यो होला भिडियो सार्वजनिक

काठमाडौँ, २४ साउन / चलचित्र बैनाको कस्ले रच्यो होला बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा पछिल्लो समय बिभिन्न चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्दै कलाकारिता क्षेत्रमा अघिबढिरहेकी मोडेल तथा नयीका रञ्जिता लिम्बू र नायक सुवाष मेचेले अभिनय गरेका छन् । आकाशहाङ लिम्बू, राजु लिङदेन, धनबहादुर यक्सो र बिना पालुङले संयुत्त लगानी गरेको चलचित्रलाई दिलप्रकाश यक्सोले निर्देशन गरेका हुन् ।

 

यो गीतमा बिकाश चौधरीले संगीत गरेका छन भने सुसन साम्सोहाङ र सिम्रानले आवाज दिएका छन् । यो भिडियोका कोरियोग्राफर कमल राई हुन भने सिनेमाट्रोगाफर बिक्रम डि.सि. र एडिटर रत्न थापा ( किम्बे) हुन । यो भिडियो पूर्वका बिभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको छ ।

भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोस

http://https://youtu.be/TJLs8af2QQs


प्रतिक्रिया दिनुहोस्