कुरिनटारमा प्रथम ईच्छाकामना महोत्सव हुने

ईच्छाकामना, २४ साउन । कुरिनटारमा पहिलो ईच्छाकामना महोत्सव हुने भएको छ । ईच्छाकामना उद्योग वाणिज्य संघ र सामुदायिक रेडियो, इच्छाकामना एफ।एम।१०२।४ मेगाहर्ज कुरिनटारले संयुक्त रुपमा महोत्सव आयोजना गर्न लागिएको हो ।
ईच्छाकामना गाउँपालिका प्रवद्र्धक तथा संरक्षक रहने यस ईच्छाकामना महोत्सव भदौ २६ गते देखि असोज ६ गते सम्म १२ दिन चल्ने आयोजक रेडियो, ईच्छाकामना एफ एमका अध्यक्ष प्रताप गुरुङले जानकारी दिनुभयो ।आज गाउँपालिकाको कार्यालय कुरिनटारमा बसेको संयुक्त बैठकले उक्त निर्णय गरिएको हो ।
सर्व शान्ती माविको खेल मैदान कुरिनटारमा महोत्सव आयोजना हुने छ ।ईच्छाकामना गाउँपालिकाको पर्यटन क्षेत्र र यहाँका उत्पादनहरुको प्रवद्र्धन र प्रचार प्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिका पर्यटनको दृष्टिकोणले महत्वपूर्ण क्षेत्र मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्