साफ यु–१५ मा भारत र बंगलादेश फराकिलो जित दर्ता गरे,नेपालले आज पाकिस्तानसँग खेल्ने

थिम्पु / भुटान , थिम्पुको चाङलीमिथाङ रंगशालामा बिहिबारबाट शुरु भएको १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा साविक उपविजेता भारत र बंगलादेश फराकिलो जित दर्ता गरेको छ ।

 

 

उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२-0 गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । भारतले खेलको पहिलो हाफमा ६ गोल गर्दा दोस्रो हाफमा पनि ६ गोल नै थप्यो । भारतको लागि कप्तान सिल्की देवीले ह्याट्रिक पूरा गरिन् । उनले खेल सुरुवाती पहिलो मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । त्यस्तै उनले खेलको २० र ४४ औँ मिनेटमा दुई गोल थपिन ।
त्यसैगरी अभिका सिहं, सुनिता मुन्डा र अन्जुले समान दुई गोल गरिन् । अभिकाले खेलको खेलको १४ र ५९ औँ मिनेटमा गोल गरिन् । सुनिताले खेलको ४२ र ७९ तथा अन्जुले खेलको ८७ र ८९ औँ मिनेटमा गोल गरिन् । लेन्डा कोमले खेलको छैटौं मिनेटमा, ४७ औं मिनेटमा कृतिना देवी र खेलको ७२ औँ मिनेटमा किरणले गोल गर्दै टिमलाई फराकिलो जित दिलाईन् । श्रीलंकाले खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई समेत सदुपयोग गर्न सकेन ।
बिहिबारै भएको दोस्रो खेलमा साविक विजेता बंगलादेशले पाकिस्तानमाथि १४–० को फराकिलो जित दर्ता गरेको छ । बंगलादेशको जितमा सामसुननाहेले चार गोल गरिन् । उनले खेलको ५०, ५४, ५७ र ९० औँ मिनेटमा गोल गरिन् । त्यस्तै तुहुरा खातुन, साजेदा खातुन र अन्नी मोगिनीले पनि दुई दुई गोल थपे । तुहुराले खेलको ५ र १९ र साजेदाले खेलको ४८र ५८ तथा अन्नीले खेलको ६० र ८८ मिनेटमा गोल गरिन् । मोनिका चक्माले खेलको १७, सामसुन्नाहरले खेलको ३१, मारिया मान्डाले खेलको ३९ र मोस्सामम्त अखी खातुनले खेलको ४० औँ मिनेटमा गोल गरे ।
नेपालले आज पाकिस्तानसँग साँझ ७ बजे खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्