नेपालकै सबैभन्दा ठूलो सिंगिङ रियालिटी सो नेपाल आइडलको दोस्रो सिजन सुरु

काठमाडौं / ‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ नाराका साथ सुरु भएको ‘नेपाल आइडल’ नेपालकै सबैभन्दा ठूलो सिंगिङ रियालिटी सो को दोस्रो सिजनको प्रसारण एपीवान एचडीबाट बिहीबार सुरु भएको छ । इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन टु बिहीबार राति साढे ८ बजेबाट सुरु भएको हो ।

नेपाल आइडल प्रथम संस्करणको सफलतापछि नेपाली दर्शकमाझ् यसको दोश्रो संस्करण नेपाल आइडल टु एपीवान एचडी टेलिभिजनबाट प्रसारणमा आएको हो । नेपाल आइडल एपीवान एचडीबाट बिहीबार र शुक्रबार राति साढे आठ बजेबाट प्रसारण भएको छ । पहिलो सिजनकै न्ह्यु बज्राचार्य, इन्दिरा जोशी, कालीप्रसाद बास्कोटा निर्णायक छन् । प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेल छन् भने निर्देशकद्वयमा एलेन श्रेष्ठ र लोकेश बज्राचार्य छन् । यो सिजनमा पनि अघिल्लो सिजनकै निर्णायक न्हयू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहने छन् । प्रस्तोता रिमा विश्वकर्मासँग नयाँ अनुहार देख्न पाइएको छ ।

 

भैरहवा, धनगढी, वीरगन्ज, हेटौंडा, धरान, पोखरा र काठमाडौं अडिसनबाट छानिएका प्रतिस्पर्धीले आफ्नो गायन क्षमता प्रस्तुत गर्नेछन् । सिजन नयाँ, अवसर नयाँ, अनुभव नयाँ भन्ने मन्त्रसहित सुरु भएको यो सिजनमा सक्षम, प्रतिभावान् र यसको गरिमा कायम राख्न सक्ने व्यक्ति मात्र उपाधि विजेता बन्नुपर्छ भन्ने उद्देश्य लिइएको छ । नेपाल आइडलको छनोट जजहरू र प्राप्त भोटको ५० र ५० प्रतिशत भारबाट हुनेछ । नेपाल आइडल सिजन टुको अन्तिम अडिसन काठमाडौंमा वैशाख १८ र १९ गते भएको थियो ।


प्रतिक्रिया दिनुहोस्