गृह जिल्ला चितवन पुगेर गृहमन्त्री ‘बादल’ले भने प्रकाण्ड अपराधी हुन्

चितवन संबाददाता

चितवन, २५ साउन / गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी भएकै कारण पक्राउ गरिएको बताएका छन् ।

आज गृह जिल्ला भरतपुर आएका गृहमन्त्री बादलले विमान स्थलमा पत्रकारहरुसंगको कुराकानीमा भने प्रकाण्ड अपराधी हुन् त्यसै पक्राउ गरिएको होईन । उनलाई चन्दा आंतक र राज्यलाई विध्वसं गरेको अभियोगमा मोष्ट वान्टेड सुचीमा प्रहरीले राखेका थिए , कसैलाई पनि अपराध गर्ने छुट छैन, तपाइकै निर्देशनमा पक्राउ गरिएको हो भन्ने प्रश्नमा उनले भने “अहिलेको गृहमन्त्री बादल हो , अपराध नियन्त्रण गरि जनतालाई शुसान र शान्ति सुरक्षा दिने दायित्व गृहमन्त्रीको हो ।”

राजनितिक रुपमा अहिले समस्या हल गर्न सरकार वार्ता र संवादका लागि तयार रहेको उनको भनाई छ । साथै उनले अहिले सरकार विकास निर्माणका कार्यमा तीव्र गतीमा लागीरहेको बताए । ठेकेदारहरुलाई किन कारवाही भएन भन्ने प्रश्नमा उनले भने, “अहिले ठेकेदारहरुलाई ताकेता गर्दै विकास निर्माणका काम तीव्र गतिमा अघि बढाईरहेको छ ,कारबाहीका लागि आवस्यक प्रकृया चलीरहेको छ ।”


प्रतिक्रिया दिनुहोस्