कोर्टुवा भित्र्याएपछि रियलका गोलकिपर नाभास बाटो लाग्दै

काठमाडौं / इंग्लिस क्लब चेल्सीबाट बेल्जियन गोलरक्षक भित्र्याएपछि स्पेनिस रियल मड्रिडका गोलरक्षक केलर नाभासले रियल छाड्ने संकेत गरेका छन् । ३५ मिलियन खर्चिएको रियलले  कार्टुवालाई ६ वर्षका लागि अनुबन्ध गरेको छ ।

रियललाई युरोपियन च्याम्यिन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका नाभास बेर्नाबेउमा कोर्टुवाका आगमनपछि निराश छन् ।नाभासले टिभी कार्यक्रम ‘ओन्डा सेरो’सँगको अन्तर्वार्ताक्रममा आफूले रियल छाड्न चाहेको बताएका छन् । यद्यपि, उनले आफ्नो अर्को गन्तव्यबारे भने केही बताएका छैनन् । कोस्टारिकाका ३१ वर्षीय नाभास सन् २०१४ मा रियलमा लेभान्टेबाट अनुबन्ध भएका थिए । त्यसबेला उनका लागि रियलले १० मिलियन पाउन्ड खर्चिएको थियो ।

४ वर्ष रियलमा बिताउनेक्रममा नाभासले तीनपटक च्याम्पियन्स लिग जितेका छन् भने फिफा क्लब विश्वकप, युइएफए सुपर कप, स्पेनिस ला लिगा र स्पेनिस सुपर कप १–१ पटक जितेका छन् । एजेन्सी,


प्रतिक्रिया दिनुहोस्