पोग्बा युनाइटेडमा खुसी छन् – माउरिन्हो

म्यानेचस्टर /   फ्रान्सका विश्वकप  विजेता  पाउल पोग्बाको युभेन्टस र बार्सिलोनाले रुची दखाएको खबरका बाबजुत म्यानचेस्टर युनाइटेडमा खुसी रहेको प्रशिक्षक जोजे मौरिन्होले बताएका छन् ।

विश्वकप फुटबलमा फ्रान्सलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका पोग्बा सोमबारबाट युनाइटेडको अभ्यासमा फर्किएका हुन् । युनाइटेडले प्रिमियर लिग अन्तर्गत पहिलो खेल शुक्रवार लिसेस्टर सिटिसंग खेल्दैछ।

बार्सिलोनाले पोग्बामाथि रुची दखाएको खबर बाहिर आएको छ। पछिल्लो केहि दिनमा इटालियन क्लब युभेन्ट्स समेत पोग्बाको लागि परश्रिम गरिरहेको खबर बाहिरिएको हो। यद्दपी युनाइटेड भने पोग्बालाई छाड्ने मनसायमा नरहेको मौरिन्होले बताए। शुक्रबारको खेलमा पोग्बा नखेल्ने संकेत समेत मौरिन्होको थियो।

मौरिन्होले भने, ‘पोग्बा युनाईटेडमा रहन खुसि  छन् । सोमबार, मंगलवार र बुधवार उनले धेरै कडा अभ्यास गरे। उनी एक त्यस्ता खेलाडीहुन् जसको शारीरिक र मानसिक तयारीको म धेरै चर्चा गर्छु।’एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्