बन्दूक आक्रमणमा परी क्यानडामा दुई प्रहरीसहित चारको मृत्यु

मन्टेरियल, क्यानडा, २५ साउन /  क्यानडाको पूर्वी शहर फेडिरिक्टनमा शुक्रबार एक अज्ञात समूहले गरेको बन्दूक आक्रमणमा परी दुई प्रहरीसहित चारजनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार शुक्रबार विहानै ब्रुकसाइड नजिकै दर्जनौँ गोलीको आवाजसँगै आफूहरू ब्युझिएको बताएपछि सुरक्षा अधिकारीले आक्रमणकारीलाई प्रहरीले पछ्याइरहेको भन्दै सबै स्थानीयलाई घरभित्रै रहन ट्वीटरमार्फत आग्रह गरिएको थियो । आक्रमणकारीबाट स्थानीय मारिएको सूचना आएको करिब एक घण्टापछि प्रहरीले एक जना शङ्कास्पद आक्रमणकारीलाई प्रहरी हिरासतमा लिइसकेको जनाएको छ ।

अहिलेसम्म एक शङ्कास्पद आक्रमणकारीलाई पक्राउ गरी प्रहरी हिरासतमा लिएका छौँ । न्यू ब्रन्सविक प्रान्तको राजधानीमा भएको उक्त आक्रमणको कारण यो समाचार तयार पार्दासम्म थाहा हुन नसकेको तर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

शहरको आवासीय क्षेत्रमा आक्रमण भएको क्यानाडेली टेलिभिजन सीबीसीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी, स्वास्थ्यकर्मीहरूको समूह तथा अग्नी नियन्त्रक पुगेको सीवीसीले जनाएको छ ।
टेलिभिजनमा प्रहरीले स्थानीयलाई सुरक्षा दिई सुरक्षितस्थलतर्फ लगेको देखाइएको छ ।
विहान सात बजे आफूले ऋङ्खलावद्धरूपमा पटकाको आवाज आएको सुनेको स्थानीय रोबर्ट डिडिओडाटोलाई उद्धृत गरी सीबीसीले जनाएको छ । आवाज बन्दूकबाट गोली चलाएकोजस्तो सुनिएको रोबर्टले बताएका सीबीसीले जनाएको छ ।
घटनाको जिम्मेवारी इस्लामिक स्टेट ९आइएस० समूहले लिएको छ । तर क्यानाडाली प्रहरीले घटनामा आइएसको सम्लग्नताको सम्भावनालाई नकारेको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्