अमेरिकी र फ्रान्सेली राष्ट्रपति फोनवार्ता

वासिङ्टन /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोबीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।

उहाँहरुबीच व्यापार साझेदारी, सुरक्षा मुद्धा र हालैमात्र इरानसँग विकसित पारमाणविक मुद्धा र मध्यपूर्वका विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उक्त विज्ञप्तिमार्फत जानकारी दिएको छ ।उहाँहरुबीचको वार्तालापमा विश्वमा पछिल्लो समयमा देखिएका विभिन्न खालका चुनौतीहरुको समाधानका लागि समन्वय गरी अघि बढ्ने विषयमा सहमति भएको ह्वाइट हाउसद्धारा जारी गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

इरानको पारमाणविक सम्झौताबाट अमेरिका अलग्गिएपछि अमेरिका र इरानबीचको सम्बन्ध केही वर्षयताकै सबैभन्दा नराम्रो भएको देखिएको छ । यसका कारण अमेरिकाले पनि इरानमाथि कडा नाकाबन्दीको घोषणा गरेको छ । यस विषयमा पनि उक्त उहाँहरुबीच कुराकानी भएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटगर्दै फ्रान्सेली राष्ट्रपतिसँग राम्रो कुराकानी भएको बताउनुभएको छ । उहाँले विशेषगरी व्यापार र सुक्षासम्बन्धमा उहाँसँग वार्तालाप भएको पनि आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराउनुभएको छ । रासस/एपी


प्रतिक्रिया दिनुहोस्