ताप्लेजुङ युवा समाज काठमाडौंको अध्यक्षमा मुक्ती लाबुङ

काठमाण्डौं ,साउन २६ / ताप्लेजुङ युवा समाज काठमाडौंको चाबाहिलमा भएको प्रथम प्रारम्भिक भेलाले मुक्ती लाबुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

लाबुङकोे अध्यक्षतामा २१ सदस्यीय कार्य समिती चयन गरेको छ । समितीमा क्रमस उपाध्यक्ष , महासचिव , सचिब, सह(सचीव , कोष अध्यक्ष र सह( कोषाध्यक्षमा सङ्गिता लिम्बू , निरोज लिबाङ , जितेन्द्र खड्का, पवन हाङ्गाम , मिङ्मा शेर्पा र असल थेबेलाई भेलाले चयन गरेको छ ।

साथै सोही भेलाले विभिन्न बिभागका प्रमुखहरू पनि चयन गरेको छ , जसमध्ये सूचना तथा संचारमा लोकेश लिबाङ , खेलकुद याम कुमार लिम्बू , अनुशासन धनजित साम्बा लिम्बू , पर्यटन सरोज तामाङ , रोजगार निर्मल तामाङ, प्राकृतिक स्रोत बृख बहादुर तामाङ , सामाजिक सुरक्षा टङ्क थापा, साङकृतिकमा दावा शेर्पा र स्वास्थ शिक्षामा अनिल थलङ लिम्बुलाई चयन गरेको छ भने अन्य बिभागमा छुटेकालाई मनोनीत गर्ने नव निर्वाचित अध्यक्ष मुक्ती लाबुङ लिम्बुले जानकारी दिनु भयो । साथै उहाँले गैरसरकारी , गैर राजनैतिक र गैर नाफामुलक संस्था भएकोले सबै ताप्लेजुङबासीले सहयोग गर्न आग्रह समेत गरेका छन ।


प्रतिक्रिया दिनुहोस्