यू १५ पहिलो हाफमा २–० ले अगाडि,अनुस्का शेर्पा, सविता रानाको १/१ गोल

काठमाडौं / भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलको पहिलो हाफमा पाकिस्तानविरुद्ध नेपाली टोलीले २–०को अग्रता लिएको छ ।

ताप्लेजुङ, मेरिङ्गदेनको  अनुस्का शेर्पाको गोलबाट आठौं मिनेटमा अग्रता लिएको नेपालका लागि अर्को गोल सविता राना मगरले १४ औं मिनेटमा गोल गरेकी थिइन् । नेपालले अर्को खेलमा बंगलादेशको सामना गर्नेछ । बंगलादेशले पाकिस्तानलाई हराइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्