सरकारको राजिनामा माग गर्दै रोमानियाको विरोध प्रदर्शनमा ४५० भन्दा बढी घाइते

बुखारेस्ट, रोमानिया, २६ साउन / रोमानियाको राजधानी बुखारेस्टमा गरिएको विशाल प्रदर्शनमा ४५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ३० प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको रोमानियाली प्रहरीले शनिबार जनाएको छ ।


रोमानियाको राजधानी बुखारेस्टमा शुक्रबार भएको प्रदर्शनमा करीब ८० हजार रोमानियालीको सहभागिता रहेको विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भ्रष्टाचार आरोपमा वामपन्थी सरकारको राजिनामा माग गर्दै भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले व्यापक पानीका फोहरा र अश्रुग्यासको प्रयोग भएको थियो ।
अश्रुग्यास र पानीका फोहरासहितको प्रहरी दमनमा थुप्रै व्यक्ति घाइते भएका अस्पताल स्रोतले जनाएको छ ।
आन्दोलनमा तैनाद करीब ३० प्रहरी घाइते भएका छन् जसमध्ये ११ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । घटनामा केही सञ्चारकर्मीसमेत घाइते भएका बताइएको छ ।
यूरोपियन यूनियन ९इयू० को अध्यक्षतासमेत गरिरहेकी अष्ट्रियाली चान्सलर सेवेस्टियन कुर्जल आन्दोलनमा भएका झडपहरूप्रति चासो व्यक्त गर्दै सञ्चारकर्मीसमेत घाइते हुनेगरी सरकारद्वारा भएको दमनको आलोचना गर्नुभएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्