मृगौला पिडित सीता यक्सोको सहयोगार्थ सास्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं,२६ साउन / मृगौला पिडित सिता यक्सो नेयोङको उपचारको लागि सहयोगार्थ सास्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

ताप्लेजुङ मैवा खोला गाउपालिका वाड नं ६ फाकुम्बा निबासी सिता नेयोङ यक्सोको दुबै मृगौला फेल भई आर्थिक अवस्था कमजोर भएको हुँदा दुबै मृगौला प्रत्यारोपण गर्नको लागि कार्यक्रम गरिएको हो । याक्थुङ हाक्पारे पालाम सयङको आयोजनामा शनिवार साउन २६  गते याक्थुङ चुम्लुङ हिम ललितपुरको शोभाहिटीमा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतीका साथ बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

याक्थुङ हाक्पारे पालाम सयङले आयोजना गरेको कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले प्रस्तुती दिएका थिए । कार्यक्रममा गायक तथा संगीतकार तारा प्रकाश लिम्बु, उत्तमजङ लिम्बु, गायक कुसल थलङ, सुनिता थेगिम, भिम लिम्बू,, सन्जय तुम्रोक, रुकमान लिम्बु, राज लाबुङ लगायत अन्य बिभिन्न कलाकारहरुले प्रस्तुती दिएका थिए । काठमाडौंमा रहेका ताप्लेजुङवासि लगायत अन्य विभिन्न जिल्लाका व्यात्तिहरुको कार्यक्रममा उपस्थिति थियो ।

बिरामीको मृगौला प्रत्यारोपनका लागी स्वदेश तथा विदेश बाट सहयोग संकलन भएको सयङकी अध्यक्ष रुपा आङ्बुहाङले जानकारी गराएकी छिन् । यो भन्दा अगाडी पनि ‘याक्थुङ हाक्पारे पालाम सयङ’ले दर्जनौ क्यान्सर तथा मृर्गौला पिडितहरुलाई एउटा सामाजिक अभियानताको रुपमा खडा भई अन्दाजी ७० लाख रुपैयाँ बिभिन्न बिरामि, आर्थिक पिडित ब्यक्तिहरुलाई सहयोग गरिसकेको संस्थाका महासचिव शैलेन्द्र थेवेले जानकारी दिनुभयो। दिउसोको १ बजेबाट सुरु भएको उत्त कार्यक्रम साँझ ७ बजे सकिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्