जे लिगमा कोवीको जित, इनियस्टाको गोल

टोकियो / जापनिज लिग फुटबलमा आन्द्रेस इनियस्टाको टोली भिसेल कोवी विजय भएको छ । शनिबार भएको खेलमा इनिस्टा सम्मिलित भिसेल कोवीले जुविलो इवाटालाई २–१ ले पराजित गरेको छ ।

जे लिगमा दोस्रो खेल खेलिरहेका इनियस्टाले पहिलो गोल गर्न सफल भए । घरेलु मैदान मिसाकी पार्क स्टेडियममा भएको खेलको १५ औं मिनेटमा इनिस्टाकै गोलमा भिसेल कोवीले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको भिसेलले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुग्यो ।

५६ औं मिनेटमा क्योगो फुरुहासीले गेल गर्दै अग्रता दोब्बर पारेका थिए । ८४ औं मिनेटमा जुविलो इवाटाका केङ्गो कावामाताले गोल गर्दै गोल अनतरमा २–१ मा झारेका थिए । जितसँगै भिसेल जे लिगको चौथो स्थानमा उक्लिएको छ । भिसेलको २१ खेलबाट ३४ अंक पुगेको छ । शीर्ष स्थानमा रहेको सानफ्रेसको २० खेलबाट ४८ अंक छ ।स्पेन तथा बार्सिलोनामा ३४ वर्षे पूर्व स्टार इनिस्टा यसै सिजन जे लिगमा अनुबन्ध भएका थिए । उनले बार्सिलोनामा २२ वर्ष बिताएका थिए ।

– एजेन्सी


प्रतिक्रिया दिनुहोस्