जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी / केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ ।

बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आज बिहान ६।३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ ।


प्रतिक्रिया दिनुहोस्