पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं २७, साउन / सिरहाको गोलबजार नगरपालिका–११ बलकवास्थित पोखरीमा डुबेर शनिबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रवीन्द्र शर्माका छ वर्षीया छोरी रिशिका शर्मा रहेको प्रहरीले जनाएको छ । नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको परिवारजनले बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्