रियललाई बर्नबेउ ‘ट्रफी’

बर्नबेउ / स्पेनिस जाइन्ट रियल मड्रिडले ३९ औं सान्टियागो बर्नबेउ ट्रफी जितेको छ । स्पेनिस ला लिगा शुरु हुनुअघि रियलले हरेक वर्ष आफ्नै मैदानको नाममा आयोजना गर्ने ३९ औँ बर्नबेउ ट्रफीमा शनिबार राति इटालियन क्लब एसी मिलानलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।

रियललाई च्याम्पियन बनाउन करिम बेन्जिमा, ग्यारेथ बेल र बोर्जा मोयोरलले गोल गरे । एसी मिलानका गोन्जालो हिगुईनले एक गोल फर्काए । रियलले खेलको दोस्रो मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता बनाएको थियो । तर, यिरलको त्यो अग्रता दुई मिनेट पनि टिकेन । चौथो मिनेटमा यसै सिजन युभेन्टस्बाट एसी मिलान पुगेको अर्जेन्टिनाका गोन्जालो हिग्विनले बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा ग्यारेथ बेले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको इन्जुरी समयमा बोर्जा मोयोराले गोल गर्दै टिमलाई ३–१ को सहज जित दिलाउदै च्याम्पिन बनाए । ‘बर्नबेउ ट्रफी जितेसँगै रियलले प्रि–सिजनको सुखद अन्त्य गरेको छ । इंग्लिस प्रिमियर लिग र फ्रेन्च लिग वान शुरु भैसकदा स्पेनिस ला लिगा भने १८ अगस्टबाट शुरु हुदैछ ।


प्रतिक्रिया दिनुहोस्